२०८३ असार १३ गते , शनिबार

झापामा अवैध सामानसहित तस्करीमा संलग्न एक जना पक्राउ 

sajilo news
झापा
२०७९ पौष १ गते , शुक्रबार
झापामा अवैध सामानसहित तस्करीमा संलग्न एक जना पक्राउ 

झापा प्रहरीले अवैध सामानसहित लामो समयपश्चात् तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका -५ स्थित काली मन्दिर छेउबाट दुई लाख पचास हजार मुल्य बराबरको सामानसहित मेचीनगर- ६ बस्ने ३० वर्षीय बाबुल राजवंशीलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

राजवंशीले नेपाली ढाकाको झोला र पोते ४ बोरा अवैध रुपमा नेपालबाट भन्सार छलेर भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेको हो । सामानसहित पक्राउ परेका राजवंशीलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय बुझाइसकेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार