२०८३ असार १३ गते , शनिबार

बिर्तामोड नगर प्रहरीका कमान्डर र सह–कमान्डर निलम्बित

sajilo news
झापा
२०७९ पौष १ गते , शुक्रबार
बिर्तामोड नगर प्रहरीका कमान्डर र सह–कमान्डर निलम्बित

बिर्तामोड नगर प्रहरीका कमान्डर किरण भनिने ढलकबहादुर पाण्डे र सह–कमान्डर राजकुमार खड्का निलम्बित भएका छन् । भ्रष्टाचारमा मुछिएपछि उनीहरू दुवैलाई नगरपालिकाले निलम्बन गरेको हो । उनीहरूको विषयमा छानबिन गर्न नगरपालिकाले वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ । जसको सदस्यहरूमा नायब सुब्बा मेघराज बास्तोला र न्यायिक समितिकी टीकामाया लामिछाने रहेका छन् ।

त्यस समितिले उनीहरूमाथि छानबिन सुरु गरिसकेको र छानबिनका लागि आरोपित दुवैलाई निलम्बन गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बताए । समितिले एक महिनाको कार्य अवधि पाएको छ । कमान्डर पाण्डेले बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलकै सामुन्ने घुस मागेका थिए । त्यस्तै अन्य घटनामा पनि उनी मुछिएका छन् ।

पदको दुरुपयोग गर्दै पाण्डे र खड्काले मनोमानी गरेको नगर प्रहरीको सिङ्गो टिमले आरोप लगाएका छन् । बिर्तामोड नगरपालिकामा १५ जना नगर प्रहरी छन् । त्यसमध्ये सबै १३ जना पाण्डे र खड्काको विरुद्धमा देखिएका छन् ।

सम्बन्धित समाचार