२०८३ असार १३ गते , शनिबार
प्रहरी निरीक्षक राई मृत भेटिए
ओखलढुङ्गामा कार्यरत प्रहरी निरीक्षक सोलुखुम्बुमा मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रहरी प्रमुख प्रहरी निरीक्षक श्रीप्रसाद राई मृत भेटिएका हुन् । खिजिफलाटेमा कार्यरत राई पारिवारिक भेटघाटका लागि केही दिन अगाडी घर बिदामा सोलुखुम्बुको वासा गएका थिए । उनी आफ्नै घरमा मृत भेटिएका हुन् ।
सोमबार बेलुका साथीभाइसँग रमाइलोका साथ खानपिन गरेर सुतेका राई बिहान आफ्नै ओछ्यानमा मृत भेटिएको राईको परिवारले बताएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शुकदेव खनालले जानकारी दिए । आफूले घटनाको बारेमा परिवारसँग बुझ्दा साथीभाइसँग सोमबार बेलुका राम्रैसँग खानपिन गरेर सुतेका राई मङ्गलवार बिहान मृत भेटिएको जानकारी गराएको प्रहरी प्रमुख खनालको भनाइ छ ।