२०८३ असार १३ गते , शनिबार

लेखापढी कानुन व्यवसायी एसोसिएसन भद्रपुरको अध्यक्षमा पोखरेल निर्वाचित

sajilo news
झापा
२०७९ मंसीर २६ गते , सोमबार
लेखापढी कानुन व्यवसायी एसोसिएसन भद्रपुरको अध्यक्षमा पोखरेल निर्वाचित

भद्रपुर । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिति भद्रपुरको १० औं अधिवेशनबाट अध्यक्षमा लावण्यकुमार पोखरेल निर्वाचित भएका छन् ।

निवर्तमान अध्यक्ष लोकनाथ भट्टराईलाई ४६ मतले पछि पार्दै पोखरेल निर्वाचित भएका हुन् । पोखरेलले एक सय ३० मत प्राप्त गरेका थिए भने भट्टराईले ८४ मतमा रोकिनु परेको छ ।

यसैगरी उपाध्यक्षमा एक सय ३२ मतका साथ प्रकाश निरौला निर्वाचित भए भने उनको प्रतिस्पर्धीमा ७७ मत पाएर मुकुन्द पौडेल उपविजेता बन्न पुगेका छन् ।

त्यस्तै सचिवमा मुरारी न्यौपाने, सहसचिवमा नारायण हजाम र सहकाेषाध्यक्ष धनपति फुयल निर्विरोध निर्वाचित भएका थिए भने कोषाध्यक्ष डिल्लीराम अधिकारी पनि निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरूमा क्रमशः सुगम सुवेदी (१४८), गंगादेवी भण्डारी (१४७), वसन्त ढकाल (१४२), लक्ष्मीप्रसाद कोइराला (१३७), शिवकुमार समाल (१३१), पानीलाल राजवंशी (१२७) र छविरमण खनाल (१२४) मतका साथ निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

सम्बन्धित समाचार