२०८३ असार १३ गते , शनिबार

इनरव्हील क्लब भद्रपुरद्वारा विद्यार्थीलाई सुइटर वितरण

sajilo news
झापा
२०७९ मंसीर २५ गते , आईतबार
इनरव्हील क्लब भद्रपुरद्वारा विद्यार्थीलाई सुइटर वितरण

भद्रपुर । इनरव्हील क्लब अफ भद्रपुरले विद्यार्थीहरूलाई जाडोमा लगाउने विद्यालय पोसाक सुइटर वितरण गरेको छ । इनरव्हील क्लबले आइतबार एक कार्यक्रमका बीच भद्रपुर- ७ स्थित भृकुटी आधारभूत विद्यालयमा अध्ययनरत ७१ जना छात्रछात्रालाई सुइटर वितरण गरेको हो । विद्यालयमा अधिकांश विपन्न परिवारका विद्यार्थी अध्ययनरत छन् ।

उनीहरूले जाडोमा लगाउने विद्यालय पोसाक अभाव देखिएकोले क्लबले सुइटर वितरण गरेको क्लबकी अध्यक्ष कुसुम पराजुली अधिकारीले बताइन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र लम्साल, क्लबकी उपाध्यक्ष निर्मला निरौला, कोषाध्यक्ष शारदा पराजुली लगायत क्लबका सदस्य, शिक्षक, अभिभावकहरूको उपस्थिति रहेको थियो । क्लबले यसअघि पनि सोही विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री समेत वितरण गरेको थियो ।  

सम्बन्धित समाचार