२०८३ असार १३ गते , शनिबार

कर अधिकृत भन्दै रकम असुल्ने आठजना नक्कली कर्मचारी पक्राउ

sajilo news
झापा
२०७९ मंसीर २५ गते , आईतबार
कर अधिकृत भन्दै रकम असुल्ने आठजना नक्कली कर्मचारी पक्राउ

झापा । आठ जना नक्कली सरकारी कर अधिकृत पक्राउ परेका छन् । काठमाडौंको नयाँ बसपार्क क्षेत्रका होटल र पसलबाट रकम असुल्दै गरेको बेलामा ८ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ । उनीहरुले आन्तरिक राजस्व कार्यालय लाजिम्पाटको कर्मचारी हौं भन्दै होटल र पसल रकम असुल्दै गरेको बेलामा पक्राउ परेका हुन ।
  
प्रहरीका अनुसार उनीहरुले हालसम्म होटल, रेष्टुरेन्ट, पसल र फुटपाथ पसलबाट समेत गरी ५ लाख रुपैयाँभन्दा बढी रकम असुलेका छन । अछामकी सागर जंग लुहार, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, अछामकी दूधकला विक, नुवाकोटकी अञ्जना तामाङ र कञ्चनपुरका राजीव विष्ट, पूर्वी नवलपरासीका मीनबहादुर बिक, पाँचथरकी सिर्जना भट्टराई, र डेविड धामी रहेका प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  

सम्बन्धित समाचार