२०८३ असार १३ गते , शनिबार

झापा र मोरङमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

sajilo news
झापा
२०७९ मंसीर २४ गते , शनिबार
झापा र मोरङमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

झापा र मोरङको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना परी दुई जनाको मृत्यु भएको छ । हिजो शुक्रबार राती साढे ९ बजे झापाको बाह्रदशी गाउँपालिका ३ स्थित चारपाने राजगढ सडक खण्डमा प्रदेश १-०१-००१ त ८९०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक बाह्रदशी ३ का २२ वर्षीय लखिराम सतारको मृत्यु भएको छ । घाइते सतारलाई उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।

त्यस्तै मोरङको लेटाङ नगरपालिका ९ स्थितमा रहेको तेली खोलाको निर्माणाधीन पुलमा को १ ख ४०७७ नम्बरको मिक्स्चर मेसिनले सूर्य एन्ड सन्स कन्स्ट्रक्सन कम्पनीमा कार्यरत ओभरसियर लहान नगरपालिका १४ सिराहाका २४ वर्षीय सुनिल साहलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ।  दुर्घटनामा संलग्न रहेका चालक शम्भु राजधामीलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार