२०८३ असार १३ गते , शनिबार
बुद्धशान्तिको हार्डवेयर पसलमा आगलागी, ४ करोडको क्षति
झापा बुद्धशान्तिको एक हार्डवेयर पसलमा आगलागीबाट करिब ४ करोड बराबरको क्षति भएको छ । बुद्धशान्ति गाउँपालिका –१ स्थित पुल चोकमा रहेको नारायण कडरियाको हार्डवेयर पसलमा आगलागी हुँदा सो मुल्य बराबरको क्षति भएको हो ।
पीडितले दिएको निवेदन अनुसार आगलागीबाट घर आंशिक क्षति भए पनि हार्डवेयर पसलभित्र रहेका विभिन्न किसिमका सरसामानहरू पूर्ण रुपमा जलेर नष्ट हुँदा तीन करोड ९९ लाख ६० हजार बराबरको क्षति भएको पाठकले जानकारी दिए ।
हिजो बिहीबार साँझ ७:२५ बजे कडरियाको हार्डवेयर पसलमा आगलागी भएको सूचना पाउन साथ इलाका प्रहरी कार्यालय बुधबारे, ईप्रका धुलाबारीबाट प्रहरी टोली, मेचीनगर ,बिर्तामोड र भद्रपुर नगरपालिकाको तीन वटा दमकल र स्थानीयवासीको सहयोगमा राति साढे ९ बजे पूर्ण रुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।