२०८३ असार १३ गते , शनिबार

मोरङमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

sajilo news
मोरङ
२०७९ मंसीर २२ गते , विहीबार
मोरङमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोरङको सुन्दरहरैचा- ७ गोठगाउँमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । बिहीबार मोटरसाइकलको ठक्करबाट स्थानीय ६५ वर्षीय बल बहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । को ३७ प ३२ ०९ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका कार्कीलाई ठक्कर दिएको हो ।
घाइते भएका मोटरसाइकल चालक बेलबारी नगरपालिका ११ का २१ वर्षीय सुमन तामाङको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी गछियाले जनाएको छ ।

सम्बन्धित समाचार