२०८३ असार १३ गते , शनिबार

भद्रपुरमा आगलागी

sajilo news
झापा
२०७९ मंसीर २१ गते , बुधबार
भद्रपुरमा आगलागी

भद्रपुर । भद्रपुरमा आगलागी भएको छ । भद्रपुर- ६ बहलमानपट्टीस्थित शारदा आधारभूत विद्यालय अगाडि बस्ने अजय कामतीको भान्सा कोठामा बुधवार साँझ ६ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब साढे २ लाख मुल्य बराबरको क्षति भएको छ । विद्युत् चुहावट भई आगो लाग्दा भान्सा कोठामा रहेको फ्रिज, भाडा बर्तन, खाद्यान्न सामग्री र अर्को कोठामा रहेको लत्ताकपडा जलेर नष्ट भएको प्रहरी कार्यालय झापाले जनाएको छ । भद्रपुर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार