२०८३ असार १३ गते , शनिबार
झापामा ट्रकसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
झापाको कनकाई नगरपालिका- ८ मा ट्रकसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ३ ख २९०४ नम्बरको ट्रकमा विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१३ प ४०५२ नम्बरको मोटरसाइकल बुधवार बिहान सवा ६ बजे ठोकिएको थियो।
मृत्यु हुनेमा झापाकै बिर्तामोड नगरपालिका-१ का २२ वर्षीय ओमप्रकाश राउत रहेका छन्। बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा ७ बजे उनको मृत्यु भएको हो। दुवै सवारी साधनसहित चालकलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाले नियन्त्रणमा लिएको छ।