२०८३ असार १३ गते , शनिबार

विवाह वर्षगाँठमा पत्रकार उपचार कोषलाई भट्टराई दम्पतीको १ लाख १ हजार सहयोग

sajilo news
झापा
२०७९ मंसीर २१ गते , बुधबार
विवाह वर्षगाँठमा पत्रकार उपचार कोषलाई भट्टराई दम्पतीको १ लाख १ हजार सहयोग

बिर्तामोड । बिर्तामोडका व्यवसायी तथा सामाजिक अभियन्ता निर्मल भट्टराई र सुमित्रा भट्टराईले पत्रकार सहारा उपचार कोषलाई एक लाख एक हजार सहयोग गरेका छन् ।
 नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा  भट्टराई दम्पतीले आफ्नो विवाह वर्षगाँठको अवसर पारी ५१ हजार प्रदान गरेका छन् । यसअघि उनले ५० हजार प्रदान गरेका थिए ।
बुधवार एक कार्यक्रमकावीच भट्टराई दम्पतीले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई उक्त रकम हस्तान्तरण गरे ।
नेपाल अलंैची व्यवसायी महासंघका केन्द्रीय अध्यक्षसमेत रहेका भट्टराईले पत्रकारको सामाजिक सुरक्षा र दिगो हित गर्ने उद्देश्यले स्थापित पत्रकार उपचार कोषमा सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे । नागरिकलाई सुसूचित गराउन अहोरात्र खटिने  पत्रकारहरूलाई घाइते र बिरामी हुँदा उपचार खर्च दिने पत्रकार उपचार कोषको प्रशंसा गर्दै भट्टराईले उक्त अक्षयकोषलाई लक्ष्य अनुसार एक करोडको पु¥याउन आफ्नो तर्फबाट  सहयोग गरेको बताए ।

झापाली पत्रकारको सामाजिक सुरक्षा र दिगो हितका लागि पत्रकार महासंघले उदाहरणीय कार्य गरेको भन्दै भट्टराईले प्रशंसा गरेका थिए । निर्मल भट्टराई वीरता जेसीज, रोटरी क्लबका पूर्व अध्यक्षसमेत हुन् । सुमित्रा भट्टराई वीरता लेडी जेसीजकी कोषाध्यक्ष हुन् ।  
महासंघका अध्यक्ष गिरीले वैवाहिक वर्षगाँठको अवसरमा भट्टराई दम्पतीलाई खादा पहिराएर बधाई तथा शुभकामना दिँदै कोषमा सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे । 
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरू बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हाल करिब ६५ लाख जम्मा भएको छ ।
रकम हस्तान्तरण कार्यक्रममा भट्टराईकी आमा मायादेवी भट्टराई तथा पत्रकार महासंघ झापाकी उपाध्यक्ष सुशीला सङ्ग्रौला, सहसचिव अर्जुन राजवंशी, कोषाध्यक्ष रञ्जित प्रसाईँ, कार्यसमिति सदस्य विनोद पाण्डे, पत्रकारहरू अनिल ढुङ्गाना, अनुषा चुँडाल, सन्तोष न्यौपाने, बिर्तामोड उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सञ्जीव घिमिरे लगायतको उपस्थिती रहेको थियो । 

सम्बन्धित समाचार