२०८३ असार १३ गते , शनिबार

व्यापारीले सूचनाको बेवास्ता गरेपछि डोजर लिएर निस्किए इनरुवाका मेयर

sajilo news
सुनसरी
२०७९ मंसीर २० गते , मंगलबार
व्यापारीले सूचनाको बेवास्ता गरेपछि डोजर लिएर निस्किए इनरुवाका मेयर

पटक पटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै इनरुवा नगरपालिकाको कार्यालयले आजबाट अतिक्रमित सडक पेटी खाली गराउन सुरु गरेको छ ।

३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडक पेटी खाली नगरेको भन्दै नगरप्रमुख केदार भण्डारीसहितको नगरपालिकाको टिम नै डोजर लिएर सडकमा निस्किएको हो । मङ्गलवार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडक पेटी खाली गराउने कार्यलाई अघि बढाएको हो ।

व्यापारी र केही स्थानीयको अवरोधका बीच नगरपालिकाको टोलीले अतिक्रमित सडक पेटी र सडकमा बनाइएका टहरा हटाउन थालेको छ । नगर सफा राख्ने कार्यमा नगरवासीको साथको अपेक्षा गरेको पनि नगरपालिकाले जनाएको छ । सडक पेटी खाली गराउन पुग्नुभएका नगरप्रमुख केदार भण्डारीले पटक पटकको सूचना अटेर गरेपछि बाध्य भएर एक्सनमा उत्रनुपरेको बताए ।  उनले सूचनाबाट नै मानिसहरूले टेर्ने विश्वास लिएपछि बारम्बार सूचना जारी गर्दासमेत अटेर गरेको बताए । 

सम्बन्धित समाचार