२०८३ असार १३ गते , शनिबार

भद्रपुरमा लैङ्गिक हिंसाविरुद्ध अन्तरक्रिया

sajilo news
रेवतीराज घिमिरे
२०७९ मंसीर २० गते , मंगलबार
भद्रपुरमा लैङ्गिक हिंसाविरुद्ध अन्तरक्रिया

भद्रपुर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत झापाको भद्रपुर-१० स्थित चन्द्रगढीमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । चन्द्रगढी सामुदायिक प्रहरी सेवा केन्द्र, महिला निगरानी समूह, भद्रपुर १० नम्बर वडा कार्यालय, चन्द्रगढी सेवा समाज लगायतका सङ्घसंस्थाको आयोजनामा भद्रपुर १० स्थित छाता चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको औचित्यमाथि महिला निगरानी समूहकी अध्यक्ष रेखा अधिकारीले प्रकाश पारेकी थिइन । 

 १० नम्बर वडा अध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर नगर कार्यपालिका सदस्य सिता गुरागाईँ, साना किसान सहकारी संस्था ली चन्द्रगढीकी अध्यक्ष देवीमाया अधिकारी, हनुमान टोल विकास संस्थाका अध्यक्ष खड्गबहादुर बुढाथोकी, भद्रपुर नगरपालिका सामाजिक  विकाश शाखाकी प्रमुख जीवनकला राउत लगायतले मन्तव्य राख्दै महिला र पुरुषवीच तथा अन्य जुनसुकै प्रकारका हिंसालाई नियन्त्रण गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

सोही अवसरमा  जिल्ला प्रहरी कार्यालय झाँकी प्रहरी निरीक्षक यशोदा घलेले हिंसाका विषयमा प्रशिक्षण समेत प्रदान गरेकी थिइन् । महिला निगरानी समूहकी अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य समाजसेवी ज्योति रिजाल न्यौपाने र सञ्चालन दुर्गा निरौलाले गरेका थिए । 

सम्बन्धित समाचार