२०८३ असार १३ गते , शनिबार
करेन्ट लागेर एक जनाको मृत्यु
उदयपुरको कटारी नगरपालिका-२ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी- २ का ३० वर्षीय दिलकुमार थापा मगर रहेको प्रहरीले जनाएको छ ।
हिजो सोमबार साँझ ५ बजे आफ्नै घरको छतमा तला थप्ने क्रममा फलामको रडले बिजुलीको तार छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका मगरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।