२०८३ बैशाख २४ गते , विहीबार

हल्दिवारीका ३२ जना स्वयंसेविकालाई गाउँपालिकाले गर्‍यो सम्मान

sajilo news
झापा
२०७९ मंसीर १९ गते , सोमबार
हल्दिवारीका ३२ जना स्वयंसेविकालाई गाउँपालिकाले गर्‍यो सम्मान

हल्दिवारी । ग्रामीण क्षेत्रमा रहेर गाउँ गाउँमा निःशुल्क स्वास्थ्य सेवा दिने स्वयंसेविकाहरूलाई हल्दिवारी गाउँपालिकाले सम्मान गरेको छ । १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा गाउँपालिकाभित्र रहेका ३२ जना स्वयंसेविकालाई सम्मान गरिएको हो ।

हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन, प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ, वडाध्यक्षहरू देवीबहादुर थापा, सन्तकुमार थापा,सुकलाल राजवंशी, कार्यपालिका सदस्यहरू, स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौला, महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापालगायतको उपस्थिति रहेको थियो।

अधिवक्ता कविता बास्तोलासँगै हल्दिबारी गाउँपालिका प्रशासन शाखा प्रमुख राजन न्यौपानेले पनि सो कार्यक्रमको सहजीकरण गरेका थिए। कार्यक्रममा हिंसाविरुद्ध आवाज उठाउन प्रतिबद्धता पत्रमा सबैले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार