२०८३ असार १३ गते , शनिबार

शिक्षासेवी हरि प्रसाईँको निधन

sajilo news
झापा
२०७९ मंसीर १८ गते , आईतबार
शिक्षासेवी हरि प्रसाईँको निधन

झापाका शिक्षासेवी हरि प्रसाईँको आइतबार बिहान निधन भएको छ । न्यूटन्स् एजुकेसन एकेडेमीका संस्थापक प्रसाईँको ७१ वर्षको उमेरमा बिहान ५:३० बजे अमेरिकामा निधन भएको हो । उनलाई पेटको क्यान्सर रहेको थियो । शिक्षा क्षेत्रमा उनले धेरै योगदान दिएका थिए ।

आदर्श विद्या मन्दिर , सगरमाथा बोर्डिङ , दीप ज्योति बोर्डिङ सञ्चालन गरी पछिल्लो समयमा उनले न्यूटन्स एजुकेसन एकेडेमी खोलेका थिए । उनका श्रीमती धर्मा प्रसाईँ ,एक छोरा , बुहारी र तीन छोरी रहेका छन् । अमेरिकामा रहेकी छोरीसँगै रहेर उनले त्यहीँ उपचार गराउँदै आएका थिए ।

सम्बन्धित समाचार