२०८३ असार १३ गते , शनिबार

गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला

sajilo news
काठमाडौं
२०७९ मंसीर १८ गते , आईतबार
गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला

नेकपा एमालेका नेता एवं काभ्रेपलाञ्चोकबाट निर्वाचित सांसद गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु राखिएको फेला परेको छ। भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको बास्कोटाका स्वकीय सचिव नवराज ढकालले जनाकारी दिए। 

घरको कम्पाउण्डमा प्रेसरकुकरमा राखिएको अवस्थामा बम जस्तो वस्तु भेटिएपछि प्रहरीको टोली घटनास्थल पुगेको छ। नवनिर्वाचित बास्कोटा भने काभ्रेस्थित आफनै घरमा रहेका छन्। बिहान पसल जाने क्रममा छिमेकीले घरको पेटीमा प्रेसरकुकरमा शंकास्पद बस्तु देखिएपछि खबर गरेको ढकालले बताए। 

सम्बन्धित समाचार