२०८३ असार १३ गते , शनिबार

झापामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु, दुई घाइते

sajilo news
झापा
२०७९ मंसीर १७ गते , शनिबार
झापामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु, दुई घाइते

झापा । झापामा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । शुक्रबार राती पौन १२ बजे अर्जुनधारा नगरपालिका-४ भाङबारीस्थित भित्री सडक खण्डमा लक्ष्मीपुरबाट राते खोलातर्फ जाँदै गरेको बागमती प्रदेश ०२- ०१८ प ८३८५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी  मोटरसाइकल पाँचथर फिदिम नगरपालिका- १ निवासी ३५ वर्षीय गंगाराम काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेकोले उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए । 

सोही मोटरसाइकलमा पछाडि सवार फिदिम- १ निवासी ४० वर्षीय मिलन बस्नेतको टाउको र शरीरको विभिन्न भागमा चोटको छ उनको बिर्तासिटि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको छ । 

त्यसैगरी शुक्रबार गए राति ११ बजे मेचीनगर नगरपालिका- १० निन्दा पुलमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री नाम, थर ,वतन नखुलेको अन्दाजी ७० वर्षीय वृद्धको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १-०१-१२ प ४३७१ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो ।  यता मोटरसाइकल चालक मेचीनगर- ८ बस्ने ३८ वर्षीय नकुल श्रेष्ठको टाउकोमा चोट लागेको र उनको उपचार भइरहेको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार