२०८३ असार १३ गते , शनिबार

रवि लामिछानेको नागरिकता विवादमाथि प्रहरीले थाल्यो छानबिन

sajilo news
झापा
२०७९ मंसीर १६ गते , शुक्रबार
रवि लामिछानेको नागरिकता विवादमाथि प्रहरीले थाल्यो छानबिन

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता विवादमाथि प्रहरीले छानबिन सुरु गरेको छ। काठमाडौं प्रहरीले लामिछानेको नागरिकता विवादमाथि छानबिन सुरु गरेको प्रहरीले स्रोतले बतायो।

चितवन क्षेत्र नं २ बाट विजयीसमेत भइसकेका लामिछानेमाथि त्याग गरिसकेको नागरिकताको प्रमाणपत्र बुझाएको आरोप छ। नागरिकता विवादमा मुछिएपछि लामिछानेविरुद्ध गृह मन्त्रालयमा उजुरी परेको थियो।

उक्त उजुरीमाथि छानबिनका लागि गृहले जिल्ला प्रशासन कार्यालय र प्रशासनले अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरमा पठाएको थियो। गृह, प्रशासन कार्यालय हुँदै छानबिनका लागि पत्र हामीकहाँ आएको छ। 'नागरिकता विवादमाथि हामीले अनुसन्धान सुरु गरिसकेका छौं,' प्रहरी स्रोतले भने। लामिछानेले चितवन-२ मा सत्ता गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेललाई पराजित गरेका थिए। 

सम्बन्धित समाचार