२०८३ असार १३ गते , शनिबार

पत्रकार शर्मालाई पितृशोक

sajilo news
झापा
२०७९ मंसीर १६ गते , शुक्रबार
पत्रकार शर्मालाई पितृशोक

नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा महासंघका प्रदेश परिषद् सदस्य मनकुमार शर्मालाई पितृशोक परेको छ ।  झापाको हल्दीबारी गाउँपालिका-४ निवासी पत्रकार शर्मा पिता ब्रेन्ची शर्माको ७२ वर्षको उमेरमा हिजो (बिहीबार) राति ११ बजे मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा निधन भएको हो । 

लिभर सम्बन्धी समस्याबाट निधन शर्माका दुई छोराबुहारी र छोरी रहेको पारिवारिक स्रोतले जनाएको छ । शर्माको शुक्रवार बिहान १० बजे देउनिया खोलामा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । 

सम्बन्धित समाचार