जापान कोस्टारिकासँग १-० ले पराजित
कतारमा जारी विश्वकप फुटबलमा कोष्टारिकाले पहिलो जित निकालेको छ। समूह चरणको पहिलो खेलमा स्पेनसँग ७–० गोलले लज्जास्पद पराजय भोगेको कोष्टारिकाले आज जापानलाई हराउँदै पहिलो खेलमा बेहोरेको हारलाई दोस्रो खेलमा जितमा बदलेको छ।
उता पहिलो खेलमा विश्वविजेता जर्मनीलाई पराजित गरेको एशियाली ‘पावरहाउस’ जापान भने आजको खेलमा कोष्टारिकासंग १–० ले स्तब्ध भएको छ।
पहिलो हाफमा गोलरहीत बराबरी खेले पनि दोस्रो हाफको अन्त्यमा जापानले गोल खान पुग्यो। खेलको ८१ औँ मिनेटमा कीशर फुलरले गोल गर्दै कोष्टारिकालाई जित दिलाए।
एशियाको ‘पावरहाउस’ मानिएको जापानको आजको हारसँगै यो समूहबाट नकआउटचरणमा पुग्ने समीकरण रोचक बनेको छ। कोष्टारिका र जापान दुवैको अंक आजको खेलपछि अर्थात २र२ खेलबाट बराबर भएको छ।
दुवैले खेलेका २र२ खेलमध्ये एउटामा जित र एउटामा हार बेहोरेका छन्। यसबाट जापान र कोस्टारिकाको अंक पनि बराबर भएको छ। दुवैको ३र३ अंक छ।