२०८० मंसीर १८ गते , सोमबार
इलाम- २ मा सुवास नेम्वाङले अग्रता कायमै

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर–२ मा नेकपा एमालेका सुवास नेम्वाङले अग्रता कायम राखेका छन् । नेम्वाङले ११ हजार ६२१ मतसहित अग्रता बनाएका हुन् । दोस्रो स्थानमा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १० हजार ७८८ मत ल्याएका छन् । हालसम्म २६ हजार ७८२ मत गणना भएको छ । यसमध्ये १ हजार ३२३ मत बदर भएको छ ।