२०८१ माघ २५ गते , शुक्रबार

विश्वकप फुटबल : आज चार खेल हुँदै

sajilo news
झापा
२०७९ मंसीर ७ गते , बुधबार
विश्वकप फुटबल : आज चार खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा बुधबार समूह ’ई’ र समूह ’एफ’ को दुई दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा समूह ’एफ’ मा रहेको मोरक्को र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । साविक उपविजेता क्रोएसिया र मोरक्कोबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा उपाधि दाबेदार जर्मनी र जापानबीच प्रतिस्पर्धा हुनेछ । समूह ’ई’ मा रहेको जर्मनी र जापानबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । विश्वकप अन्तर्गत नै बुधबार हुने तेस्रो खेलमा स्पेन र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उपाधि दाबेदार स्पेन र कोस्टारिकाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

त्यस्तै बुधबार हुने चौंथो खेलमा बेल्जियमले क्यानडाको सामना गर्नेछ । समूह ’एफ’ मा रहेको बेल्जियम र क्यानडाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।

सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

सम्बन्धित समाचार