२०८१ चैत्र १४ गते , विहीबार
केपी ओलीको बुबा मोहनप्रसादसँग सिटौलाले मागे भोट

भद्रपुर । झापा- ३ बाट सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको बुबासँग भोट मागेका छन् ।
सिटौलाले भद्रपुर- १ पृथ्वीनगरस्थित हिमाली चोकमा चुनावी घरदैलो क्रममा ओलीका बुबा मोहनप्रसाद ओलीसँग भोट मागेका हुन् । ओलीको बुबा बस्दै आएको घरमै पुगेर सिटौलाले दुई हात जोडेर भोट मागेका थिए । ओलीको बाबु मोहनप्रसादले सिटौलालाई चिन्न नसकेपछि आसपासका कार्यकर्ताहरूले उनलाई चिनाएका थिए ।
यस क्षेत्रमा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको छ । एमालेले साझा उम्मेदवारको रुपमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई उम्मेदवार बनाएको छ ।