२०८३ बैशाख २३ गते , बुधबार

इलाम, झापा, मोरङ र सुनसरीमा गठबन्धन बलियो

sajilo news
पत्रपत्रिका
२०७९ कार्तिक ३० गते , बुधबार
इलाम, झापा, मोरङ र सुनसरीमा गठबन्धन बलियो

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रदेश नम्बर १ मा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । सत्ता गठबन्धनभित्रको मत विभाजन नहुने हो भने एमालेका कतिपय शीर्ष नेताहरूलाई नै हम्मेहम्मे पर्ने देखिएको स्थानीय पत्रकारहरू बताउँछन् । 

उक्त प्रदेशको चार जिल्लामा नेपाली कांग्रेससहितको गठबन्धनका उम्मेदवारहरू बढी सुरक्षित देखिएको र नेकपा एमालेका उम्मेदवारहरू प्रतिरक्षामा रहेको पत्रकार युवराज गौतम बताउँछन् ।  उनका अनुसार स्थानीय तहको मतको आधारमा अघिल्लो निर्वाचनको अवस्था र उम्मेदवारको लोकप्रियताको अवस्थालाई विश्लेषण गर्दा एमालेका भन्दा गठबन्धनका उम्मेदवार धेरै अगाडि छन् । 

चुनावी रणनीति र प्रचार शैलीले मात्रै मतदाताको मन फर्कन्छ भनेर ढुक्क हुने अवस्था नदेखएकाले एमालेलाई अधिकांश क्षेत्रमा चुनाव जित्न हम्मे पर्ने देखिएको एमालेकै कतिपय नेताहरू स्वीकार्छन् ।  प्रदेश नम्मर एकका इलाम, झापा, मोरङ र सुनसरीमा गठबन्धन बलियो देखिएको छ । यो खबर आजकोनेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ । 

सम्बन्धित समाचार