२०८३ भाद्र १३ गते , शनिबार
झापामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
झापाको कनकाई नगरपालिका-३ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मङ्गलवार बिहान साँढे ११ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २५ प ४६५१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा परी घाइते मोटरसाइकल चालक मोरङ उर्लाबारी ४ का ५३ वर्षीय नागेन्द्र प्रसाद कोइरालाको उपचारको क्रममा बिर्ता सिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ ।