२०८३ भाद्र १३ गते , शनिबार

झापामा ३४९० जना म्यादी प्रहरी उत्तीर्ण

sajilo news
झापा
२०७९ आश्विन २६ गते , बुधबार
झापामा ३४९० जना म्यादी प्रहरी उत्तीर्ण

आगामी मंसिर ४ गतेको निर्वाचनका लागि झापामा खोलिएको म्यादी प्रहरीको भर्नामा ३४९० जना उत्तीर्ण भएका छन् । ६ हजार ९५८ जनाले दरखास्त दिएकोमा त्यति उत्तीर्ण भएका छन् भने ६९८ जनाले वैकल्पिकमा नाम निकालेका छन् । म्यादी प्रहरीको रिजल्ट हिजो प्रकाशित गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताए । उनले उत्तीर्ण हुनेहरुलाई असोज २७ गते दिउँसो १ बजे प्रवेशपत्र र नागरिकताको प्रमाणपत्र लिएर उपस्थित हुन सूचित गरिएको जानकारी दिए ।

सम्बन्धित समाचार