२०८३ भाद्र १३ गते , शनिबार

माई खोलाले बगाएको बालक मृत भेटिए

sajilo news
इलाम
२०७९ आश्विन २२ गते , शनिबार
माई खोलाले बगाएको बालक मृत भेटिए

इलामको माई खोलामा माछा मार्ने क्रममा खोलाले बगाई बेपत्ता भएका बालक मृत भेटिएका छन् । इलाम नगरपालिका- २ सुम्बेकस्थित मावल रबिन राईको घरमा आएका इलाम नगरपालिका ५ बिप्ल्याटे बस्ने शुक्रराज राईका छोरा १२ वर्षीय छोरा निगम राई मामाको छोरा १४ वर्षीय सरण राईसँग हिजो घाँस काट्न गएकोमा सोही स्थानमा रहेको पावर हाउस मुनि माई खोलामा माछा मार्ने क्रममा खोलाले बगाई बेपत्ता भएका थिए ।

प्रहरी र स्थानीयले खोततलास गर्ने क्रममा आज दिउँसो १ः३० बजे इलाम नगरपालिका २ सुम्बेकस्थित सुमरमाई हाईड्रो पावर माई खोलामा मृत अवस्थामा बालकको लाश फेला परेको हो । लाश जाँच मुचुल्का तथा अनुसन्धानको लागि प्रहरी निरीक्षक प्रदीप सुबेदीको कमान्डमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित समाचार