२०८३ भाद्र १३ गते , शनिबार

चट्याङले लागेर साइकल सवारमा बिर्तामोडकी अन्जुको घटनास्थलमै मृत्यु

sajilo news
झापा
२०७९ आश्विन २२ गते , शनिबार
चट्याङले लागेर साइकल सवारमा बिर्तामोडकी अन्जुको घटनास्थलमै मृत्यु

शुक्रबार साँझ वर्षासँगै परेको चट्याङले लागेर बिर्तामोड नगरपालिका २ स्थित चैतुबारीमा एक बालिकाको मृत्यु भएको छ । साँझ ६ बजेतिर परेको चट्याङले लागेर बिर्तामोड २ चैतुबारी निवासी रुपलाल हस्दाकी ११ वर्षीया छोरी अन्जु हस्दाको घटनास्थलमै मृत्यु भएको हो ।

कुमाल बस्तीमा रहेको हजुरआमाको घरबाट साइकलमा आफ्नो घरतर्फ फर्किँदै गरेकी अन्जुलाई बाटैमा चट्याङले हानेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले बताए ।

सम्बन्धित समाचार