२०८३ भाद्र १३ गते , शनिबार

झापाका पाँचै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

sajilo news
झापा
२०७९ आश्विन २१ गते , शुक्रबार
झापाका पाँचै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि झापाका पाँच वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ ।

असोज २३ गते आइतबार प्रदेश तथा प्रतिनिधि सभाका उम्मेद्वारहरुले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नु पर्ने भएसँगै झापाका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको हो । झापा क्षेत्र नम्बर १ मा इँटाभट्टास्थित मेची नगरपालिकाको कार्यालय, २ मा अर्जुनधारा नगरपालिका, ३ मा चन्द्रगढीस्थित जिल्ला समन्वय समितिको कार्यालय, ४ मा कनकाई नगरपालिका र ५ मा दमक नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएका हुन् ।

जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । मुख्य निर्वाचन अधिकृतले झापा क्षेत्र नं. ३ को पनि जिम्मेवारी लिएका छन् ।

सम्बन्धित समाचार