२०८३ भाद्र १३ गते , शनिबार

झापामा सर्पले डस्दा एक बालिकाको मृत्यु 

sajilo news
झापा
२०७९ आश्विन २० गते , विहीबार
झापामा सर्पले डस्दा एक बालिकाको मृत्यु 

दमक । झापाको गौरादहमा गएराति गोमन सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ । गौरादह नगरपालिका वडा नम्बर ९ बैगुन्धुरा मावलमा दशैंको टिका लगाउन गएकी दमक वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटाकी नातिनी श्रुति सापकोटा गोमन सर्पले डस्दा मृत्यु भएको हो । भुईँमा ओछ्यान लगाएर सुतेको बेला राति साढे एक बजेतिर बालिकालाई सर्पले डसेको थियो ।

नेकपा एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघ प्रदेश एक कमिटी अध्यक्ष शुभेच्छा सापकोटा तथा टेकनाथ सापकोटाकी छोरी श्रुतिलाई उपचारको लागि लाइफलाइन अस्पताल दमक ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

सम्बन्धित समाचार