२०८१ बैशाख १७ गते , सोमबार

भद्रपुरका अलि र सापकोटाले गरे भौतिकशास्त्रमा नयाँ खोज

sajilo news
झापा
२०७९ आश्विन १८ गते , मंगलबार
भद्रपुरका अलि र सापकोटाले गरे भौतिकशास्त्रमा नयाँ खोज

इन्जिनियर अरिफ अलि र दिव्यराज सापकोटाले एक नयाँ वैज्ञानिक सिद्धान्तको खोजी गरेका छन् । भद्रपुरका अलि र सापकोटाले नयाँ सिद्धान्तमा काम गरिरहेको र निष्कर्षमा पुगिसकेको दाबी गरेका छन ।

वैज्ञानिकहरूले वर्षौंदेखि अध्ययन र अनुसन्धान गरिरहेको यो सिद्धान्तलाई अन्तिम चरण दिन सफल भएको र सो निष्कर्षलाई हिन्दू महान ग्रन्थ भागवत गीता तथा अथर्व वेदलेसमेत प्रमाणित गर्ने कुरा अनुसन्धानकर्ताहरू बताउँछन । यो सिद्धान्तलाई उनीहरू वैज्ञानिकहरूले अपेक्षा गरेको “Theory of Everything” को नामबाट चिनाउने प्रयास गरिरहेका छन ।

भौतिकशास्त्रमा रहेका हालसम्मका कैयौं मान्यतालाई यो सिद्धान्तमा परिष्कृत गरिएको बताइएको छ । पहिलो चरणको प्रस्तुति भद्रपुर नगरपालिकामा भइसकेको छ भने अन्तराष्ट्रिय अनुसन्धानात्मक कार्यको रूपमा दुई सैद्धान्तिक कार्यहरू प्रकाशन समेत भइसकेका छन् । जसमा”Time Dilation in Fourth Spatial Dimension” र “Gravity in Fourth Spatial Dimension” । भौतिकशास्त्रमा चौथो सतह आयाम (Fourth Dimension) नयाँ विषय हैन यसको चर्चा १०० वर्ष अघिदेखि नै भइरहेको छ । यसको माध्यमबाट समय, प्रकाश, सापेक्षता, ब्लाकहोल, ब्रम्हाण्डलगायतका सम्पूर्ण क्षेत्रमा एउटै सिद्धान्तको उपयोगबाट विष्लेशण कार्यमा उपयोग गर्न सकिने दाबीले यो कार्यलाई एक फरक अनुसन्धानात्मक कार्यको रूपमा तरङ्ग ल्याउन शुरू गरिसकेको बताउँछन् । हामीले बुझेझैं अनुभुत गर्दै गरेका कैयौं वैज्ञानिक कारणहरूको फरकपन यो अनुसन्धानात्मक कार्यमा भइरहेको छ ।

यो सिद्धान्त भौतिकशास्त्रीहरूको वर्षौंदेखिको बुझाइमा र अनुसन्धानात्मक कार्यमासमेत एउटा छुट्टै पहिचान र महत्व बोकेर छलफलमा आइसकेको छ । यो सिद्धान्त हाल रहेका अन्य सिद्धान्तभन्दा के अर्थमा फरक छ भने यसले हरेक अन्य सिद्धान्तलाई चौथो सतह आयामको विश्लेषणबाट पूर्णता प्रदान गरेको छ । सामान्य अर्थमा भन्नुपर्दा अन्य सिद्धान्तको निष्कर्ष त्यहि प्रसङ्ग र प्रयोगमा मात्र जोडिएको छ भने यो सिद्धान्त समय, चाल, ब्लाकहोल तथा पुरा ब्रम्हाण्डीय लगायतका सिद्धान्तको विश्लेषणमा सहजरूपमा उपयोग र प्रमाणित गर्न सामर्थ्यवान रहेको बताइएकोछ ।

अलि र सापकोटाले गरेको अध्ययनलाई भारत सरकार वैज्ञानिक संस्था क्ष्क्च्इ ले अध्ययनको विषय बनाएको छ । ISRO को निमन्त्रणमा हैदरावादमा हुने कार्यशालामा प्रस्तुतिका लागि दुबै जना भारत गएका छन् । आफुहरुले निकालेको निष्कर्षमा विभिन्न अन्तर्राष्ट्रिय वैज्ञानिक संस्थाले अध्ययन गरिरहेको अलिले र सापकोटा बताए ।

सम्बन्धित समाचार