आजको मौसम : यी प्रदेशहरूमा वर्षाको सम्भावना
अहिले प्रदेश १, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका यी स्थानमा अहिले पानी परिरहेको हो। शाखाले दिएको जानकारी अनुसार हाल प्रदेश १, मधेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
आज दिउँसो प्रदेश १, मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने शाखाको अनुमान छ।
प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति पनि देशभर सामान्य बदली रहनेछ। प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।