२०८३ भाद्र १३ गते , शनिबार

आजको मौसम : दुई प्रदेशमा पानी पर्ने 

sajilo news
झापा
२०७९ आश्विन १७ गते , सोमबार
आजको मौसम : दुई प्रदेशमा पानी पर्ने 

झापा । देशको दुईवटा प्रदेशमा आज पानी पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एकदुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 आज दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ।  राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशहरूका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

सम्बन्धित समाचार