२०८० चैत्र १६ गते , शुक्रबार

संवैधानिक व्यवस्थाभित्र पस्ने, निर्वाचित हुने र पछि त्यही व्यवस्थाको विरोध गर्ने प्रवृत्ति बढ्यो : कृष्णप्रसाद सिटौला

sajilo news
पार्थ मण्डल
२०७९ आश्विन ६ गते , विहीबार
संवैधानिक व्यवस्थाभित्र पस्ने, निर्वाचित हुने र पछि त्यही व्यवस्थाको विरोध गर्ने प्रवृत्ति बढ्यो : कृष्णप्रसाद सिटौला

झापा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संवैधानिक व्यवस्थाभित्र पस्ने, निर्वाचित हुने र पछि त्यही संवैधानिक व्यवस्थाको विरोध गर्ने प्रवृत्ति बढेर गएको बताएका छन् । 

 झापाको कचनकवल गाउँपालिका–७ स्थित दीप ज्योति सामुदायिक वन उपभोक्ता समितिको १५ औं वार्षिक साधरण सभा कार्यक्रममा बोल्दै काँग्रेसका पूर्व महामन्त्री समेत रहेका सिटौलाले भने, ‘यो संविधानले व्यवस्था गरेअनुसार स्थानीय तह, प्रदेशदेखि केन्द्रसम्म जितेर जाने, अनि यो व्यवस्थाले जनतालाई केही पनि नदिनु भन्नु यो भन्दा लज्जास्पद कुरा के हुन सक्छ ।’ 
‘निर्वाचित हुने अनि काम नगर्ने, अनि दोष जति संवैधानिक व्यवस्थालाई दिने जस्ता कार्यलाई हामीले नै रोक्नु पर्छ,’ उनले भने । यो संवैधानिक व्यवस्था त्यसै आएको होइन । धेरैको बलिदानपछि देशमा परिवर्तन र संविधान आएको छ । 
‘यसै व्यवस्थाको माध्यमबाट जनताको आर्थिकसँगै दैनिक जीवनस्तरमा सुधार ल्याउनु सक्नुपर्छ,’ उनले भने ।  स्थानीय तहमा निर्वाचित हुने जनप्रतिनिधिलाई लक्षित गर्दै उनले भने, ‘जनप्रतिनिधिले आफ्नो सेवा सुविधाका लागि काम गर्ने होइन, जनताको सेवा सुविधाका लागि काम गर्ने हो, तब त जनप्रतिनिधि जनताको प्रतिनिधि ।’
 ‘उ अर्को पार्टीको, उसले मलाई भोट दिएन भन्ने स्थानीय सरकारको नेतृत्व गर्ने जनप्रतिनिधिले त्यसो भन्न पाउँदैनन्,’ उनले भने । 
विकास हुँदा कुनै पार्टी विशेषलाई फाइदा हुँदैन । विकास हुँदा आम जनतालाई फाइदा पुग्छ । ‘जनताले जुनसुकै पार्टीलाई मत हालोस्,’ उनले भने,  ‘हामीले काम गर्दा आम जनताको प्रगति, सुख, समृद्धिको लागि काम गर्नुपर्छ ।’ २०७४ सालको निर्वाचन अघि छुट्टाएको योजनाहरू अधुरै छ । ‘बितेको ५ वर्षमा पनि यस क्षेत्रले कुनै नयाँ योजना पाउन सकेनन्,’ उनले भने ।   
 

सम्बन्धित समाचार