२०७९ आश्विन १५ गते , शनिबार

सकियो प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल

sajilo news
झापा
२०७९ आश्विन २ गते , आईतबार
सकियो प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल

संघीय संरचनामा पहिलो पटकको निर्वाचनपछि गठित प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल शनिबार रातिदेखि समाप्त भएको छ ।

आसन्न निर्वाचनको समानुपातिकतर्फको बन्दसूची पेस गर्ने दिनभन्दा अघिल्लो दिनलाई आधार मानेर संसद्को कार्यकाल समाप्त गरिएको हो । संविधान र कानुनी रूपमा कार्यकालको सुरुवात र अन्त्यबारे स्पष्ट व्यवस्था नभएका कारण२०७४ सालको अभ्यासका आधारमा कार्यकाल अन्त्य गरिएको हो।

चालू अधिवेशन शनिबार राति १२ बजेबाट हुने राष्ट्रपति कार्यालयको पत्र पनि प्रतिनिधिसभामा सुनाइयो। २०७४ मंसिरमा भएको निर्वाचनको कार्यकाल फागुन २१ गते सुरु भएको थियो । मंसिरमै जनप्रतिनिधि चुनिए पनि पनि दुवै सदनको निर्वाचन सम्पन्न गरेर अधिवेशन प्रारम्भमा ढिलाइ भएको थियो। 

अधिवेशन अन्त्यका अवसरमा प्रधानमन्त्री, विपक्षी दलका नेता तथा अन्य दलका शीर्ष नेताहरूले संसद् बैठकमा शनिबार सम्बोधन गरे। उनीहरूले यो कार्यकालको संसद्लाई प्रभावकारी नभएको स्वीकार मात्र गरेनन्, त्यसको कारक एक अर्कालाई देखाए। 

सम्बन्धित समाचार