२०८० आश्विन ७ गते , आईतबार

नेपालमा आत्मसमर्पणवादी प्रवृत्ति बढ्यो : राजेन्द्र लिङ्देन

sajilo news
झापा
२०७९ भाद्र ३१ गते , शुक्रबार
नेपालमा आत्मसमर्पणवादी प्रवृत्ति बढ्यो : राजेन्द्र लिङ्देन

चिनियाँ जनकङ्ग्रेसका अध्यक्ष ली चान्सुको भ्रमणप्रति इङ्गित गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा आत्मसमर्पणवादी प्रवृत्ति बढेको बताएका छन् ।

अध्यक्ष ली चान्सु स्वदेश फर्किएको भोलिपल्ट गृह जिल्ला झापाको बिर्तामोडमा मङ्गलवार आयोजित कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले विदेशीहरूको ओहोरदोहोर समग्र देशको लागि खतरनाक भएको टिप्पणी गरे ।

राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले विदेशीहरूलाई खुसी नपारी नेपालमा राजनीति गर्न सकिँदैन भन्ने बुझेर आत्मसमर्पणवादी गठबन्धन दलहरूले विदेशीहरूको आशीर्वाद लिन खोजिरहेकोसमेत टिप्पणी गरे ।अब नेपालमा आत्मसमर्पणवादी प्रवृत्तिलाई परास्त गर्न जरुरी भइसकेको उनको भनाई छ ।

काँग्रेस , एमाले , माओवादीजस्ता दलहरूलाई जति नै वर्ष देश जिम्मा लगाए पनि देश सुध्रिने होइन , झन् बरबाद हुने उनले बताए ।‘काँग्रेस , एमाले र माओवादीलाई कति वर्ष जिम्मा लगाउने ?’ उनले प्रश्न गरे ‘कांग्रेसले २५ वर्ष चलाइसक्यो , एमालेलाई पनि देखिसके अब उनीहरूलाई विस्थापित गरिनुपर्छ ।’ काँग्रेस एमालेलाई पित्तल र राप्रपालाई अकबरेको सुनको संज्ञा दिँदै लिङ्देनले मङ्सिर ४ को निर्वाचनलाई देश बदल्ने अवसरको रुपमा उपयोग गर्न कार्यकर्ताहरूलाई आह्वान गरे ।

सम्बन्धित समाचार