२०८३ बैशाख ३ गते , विहीबार

जनताको घर दैलोमा रेखा थापा, मतदाता उत्साहित

sajilo news
मोरङ
२०७९ भाद्र २६ गते , आईतबार
जनताको घर दैलोमा रेखा थापा, मतदाता उत्साहित

मोरङ । मोरङ क्षेत्र नं ३ बाट यस पटक राप्रपाले नायिका तथा महिला नेतृ रेखा थापालाई प्रतिनिधि सभाको उम्मेदवारमा सिफारिस गरेपछि उनी जनताको  घरदैलोमा निस्किएकी छन। राप्रपा क्षेत्र नं ३ ले थापालाई उम्मेदवारमा सिफारिस गरे पश्चात् थापा जनताको हाँसो गुनासो बुज्न घरदैलोमा निस्किएकी हुन।

थापाले आफ्नो चुनावी प्रचारप्रसार को पहिलो घरदैलो अभियान पथरीशनिश्चरेबाट सुरु गरेकी छिन् । उनले पथरीको १० वटै वडामा पुगेर जनतासँग  छलफल गरेकी छिन् । थापाको घर क्षेत्र नं ३ कै सुन्दरहरैँचा स्थित सलकपुरमा रहेता पनि उनी राजनीतिका लागि यस क्षेत्रको फ्रेस उम्मेदवारको रुपमा चिनिन्छिन् ।

थापासँगको भेटमा नागरिकले समेत पुरानो अनुहार देखी दिक्क भइसकेको आवाज निकालेका थिए ।  एक स्थानीयले भने(“चुनाव जितेर गए तर नेताले फर्केर हेरेनन् , हामी जहाँको त्यही छौ । हाम्रो सुकुम्वासी समस्या जहाँको त्यही छ ।” नागरिकको कुरा सुन्ने बित्तिकै रेखाले जवाफ फर्काइन , त्यसो भने मलाई भोट दिनुस्, म नेता बन्न हैन सेवक बन्न आएको छु,युवाहरूले धोका दिन्न   ।

थापा भन्छिन्, म हारे पनि जिते पनि जनताकै साथमा हुन्छु । हामीले हालेको मतबाट व्यापारी र भ्रष्टाचारी फेरि चुनिएर गए भने पछुताउनुपर्ने दिन सुरु भइहाल्छ,’ उनले भनिन्। थापासँग जनताले नेताले झुटो कुरा गरेको, समस्या जहाँको त्यहीँ छोडिदिएको, चुनाव जितेर गएपछि फर्केर नहेरेको, लालपुर्जा दिने आश्वासन बाँडेर भोट बटुलेको गुनासो गरेका थिए। त्यस्तो गुनासो गर्ने जनतालाई थापाले यसपालि मत बदल्न अनुरोध गरिन्।

‘यसपालि मलाई भोट दिनुहोस्, जनताको कुरा सुनिनँ भने सप्तकोसी नदी कट्न नदिनुस्,’ थापाले भनिन्। पथरी १ मा आयोजित भेलामा थापाले जनताको आँखामा छारो हाल्ने नेतालाई अब पन्छाउनुपर्ने बताइन्। ‘विगतमा तपाईँहरूको भोट व्यापारीलाई गयो, उनीहरूले तपाईँहरूको मत किनबेचे गरेका छन्,’ उनले भनिन्, ‘यसपालि संसद्मा नयाँ अनुहारलाई जिताउनुहोस्।’ गरिब, निमुखा र सुकुम्वासीको आँखामा आँसु र अनुहारमा निराशा हुन नदिने उनले बताइन्।

थापासँगको भेटमा स्थानीय खुसी तथा उत्साहित थिए, भने उनीसँग  धेरैले आसा र भरोसा पाएको भन्दै निक्कै बेर सम्म सेल्फि खिचाए । उनको भोलिको दैलो अभियान कानेपोखरी गाउँपालिकामा छ ।

सम्बन्धित समाचार