२०८३ बैशाख २१ गते , सोमबार

भद्रपुरमा सुनका गरगहना र मोबाइल चोरी गर्ने दुई जना पक्राउ

sajilo news
झापा
२०७९ भाद्र २२ गते , बुधबार
भद्रपुरमा सुनका गरगहना र मोबाइल चोरी गर्ने दुई जना पक्राउ

भद्रपुर । भद्रपुरमा सुनका गरगहना र मोबाइल चोरी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका- १० बस्ने २२ वर्षीय रितिककुमार शर्मा र भद्रपुर- ७ बस्ने रोशन राजवंशी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । 

गत भदौ १ गते दिउँसो अन्दाजी साढे ४ बजेको समयमा भद्रपुर- ७ विषम टोलमा राजेन्द्र गिरीको घरबाट कोही नभएको मौका पारी घर कोठाभित्र भएको दराजमा राखेको सुनका गरगहना, मोबाइल तथा नगद समेत गरी अन्दाजी दश लाख बराबरको चोरी भएको थियो । गिरीले दिएको उजुरीको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा शर्मा र राजवंशीलाई चोरी गरिएका दसी प्रमाणसहित पक्राउ गरिएको हो । दुवै जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट झापा जिल्ला अदालतबाट म्याद समेत लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

उनीहरूबाट रेडमी कम्पनीको १ थान मोबाइल, टुक्रा पारेको सुनको चुराको २ टुक्रा ,टुक्रा पारेको अवस्थामा सुनको पञ्चरत्नको २ टुक्रा, सुनको ब्रास्लेट १ थान,कानमा लगाउने सुनको रामलीला २ थान र टुक्रा पारेको सुनको चन्द्रमाको २ टुक्रा बरामद भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार