२०८३ बैशाख २१ गते , सोमबार

बलात्कार र लागु औषध मुद्दाका दुई फरार अभियुक्त पक्राउ

sajilo news
मोरङ
२०७९ भाद्र २१ गते , मंगलबार
बलात्कार र लागु औषध मुद्दाका दुई फरार अभियुक्त पक्राउ

झापा । जबरजस्ती करणी (बलात्कार) र लागु औषध मुद्दाका दुई फरार अभियुक्त पक्राउ परेका छन् ।  इलाका प्रहरी कार्यालय बेलवारी मोरङबाट फरार प्रतिवादीको खोजतलासमा खटिएको प्रहरी टोलीले जिल्ला अदालत मोरङको २०७६ माघ ६ गतेको फैसला आदेशले जबरजस्ती करणी मुद्दामा ९ वर्ष ५ महिना ५ दिन कैद सजाय तोकिएका सुन्दरहरैचा नगरपालिका- ७ का २३ वर्षीय दीपक चौधरी र लागु औषध मुद्दामा २०७८ चैत १ गतेको फैसला आदेशले १ वर्ष ८ महिना १२ दिन कैद र ७५ हजार जरिवाना तोकिएका सुन्दरहरैचा नगरपालिका- ७ का २ वर्षीय सञ्जीव भनिने सन्दीप चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई  जिल्ला अदालत मोरङमा उपस्थित गराई कैद भुक्तानको लागी जिल्ला कारागार पठाएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार