२०८३ बैशाख १५ गते , मंगलबार

ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्दै एमाले चुनावमा

sajilo news
पत्रपत्रिका
२०७९ भाद्र १२ गते , आईतबार
ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्दै एमाले चुनावमा

झापा । एमालेले भावी प्रधानमन्त्रीमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गर्दै चुनावमा जाने निर्णय गरेको छ। केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले मंसिर ४ गते निर्धारित प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको हो।  ‘अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर मंसिर ४ मा हुन लागेको निर्वाचनमा जाने निर्णय भयो’, प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने।

ओली पहिलो पटक २४ असोज २०७२ मा प्रधानमन्त्री बनेका थिए। आलोपालोको सहमति कार्यान्वयन नगरेको भन्दै सत्ता साझेदार माओवादीले समर्थन फिर्ता लिएपछि उनी नौ महिनामा पदमुक्त भएका थिए। दोस्रो पटक ३ फागुन २०७४ मा पनि प्रधानमन्त्री बनेका थिए। त्यति बेला माओवादी केन्द्रसँगको वाम गठबन्धनले झन्डै दुईतिहाइ मत पाएको थियो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

सम्बन्धित समाचार