२०८३ बैशाख २४ गते , विहीबार

हल्दिबारीका जनतालाई १० हजार लिटरसम्म खानेपानी निःशुल्क 

sajilo news
झापा
२०७९ भाद्र ९ गते , विहीबार
हल्दिबारीका जनतालाई १० हजार लिटरसम्म खानेपानी निःशुल्क 

झापाको हल्दिबारी गाउँपालिकाले हाम्रो लगानी 'घर-घरमा स्वच्छ खानेपानी' अभियान सञ्चालन गर्ने भएको छ ।  हल्दिबारी  गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङदेनको अध्यक्षतामा बिहीबार बसेको कार्यपालिका बैठकले असोज १ गतेदेखि हाम्रो लगानी 'घर-घरमा स्वच्छ खानेपानी ' अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । 

सो अभियानमा १० हजार लिटरसम्म खानेपानी गाउँपालिकाभरिका जनतालाई निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । चालु आर्थिक वर्ष २०७९ ८० को नीति तथा कार्यक्रममा व्यवस्था गरिएको “हाम्रो लगानी, घरघरमा स्वच्छ खानेपानी ” नारा स्वीकृत भई खानेपानीको धारा जडान गरिएका सबै घरमा न्यूनतम १० हजार लिटर सम्म प्रयोग गरेबापत लाग्ने शुल्क गाउँपालिकाले बेहोर्न जनाइएको छ ।

खानेपानी उपभोक्ता समितिहरूलाई मासिक रुपमा खानेपानी संरचना निर्माण तथा सुधार कार्यक्रम शीर्षकबाट भुक्तानी दिने निर्णय भएको गाउँपालिका प्रवक्ता  देवीबहादुर थापाले जानकारी दिए ।

सम्बन्धित समाचार