२०८३ बैशाख २४ गते , विहीबार

सगरमाथा चोकमा प्रदूषण : हेर्दैन भद्रपुर नगरपालिका प्राधिकरण, स्थानीयले बुझाए ज्ञापनपत्र

sajilo news
झापा
२०७९ भाद्र ५ गते , आईतबार
सगरमाथा चोकमा प्रदूषण : हेर्दैन भद्रपुर नगरपालिका प्राधिकरण, स्थानीयले बुझाए ज्ञापनपत्र

भद्रपुर । स्थानीय नगर‌पालिकाको‌ सगर‌माथा चो‌कस्थित साना व्यवसायीहरूले‌ भद्रपुर‌ ८ नम्बर वडा अध्यक्षलाई ध्यानाकर्षण बुझाएका छन् ।

निर्मल जो‌शीको‌ ने‌तृत्वमा भदौ‌ २ गते‌ वडा कार्यालय पुगे‌को‌ साना व्यवसायीहरूको‌ टो‌लीले‌ सगर‌माथा चो‌कमा ढल निकासका लागि निर्मित नाला सफा गनेर्‌ नगरि‌एको‌, नालामै‌ फो‌हर‌ सहित पानी जमे‌को‌ले‌ प्रदूषण फै‌लिएको‌ र‌ २ वर्षभन्दा बढी समयदे‌खि स्थानीयको‌ आग्रहका बाबजुद पक्की नालामाथि स्ल्याब नर‌ाखिदिनाले‌ दुर्घटना भइर‌हे‌को‌ तर्फ वडाध्यक्ष गौ‌र‌व सुब्बाको‌ गम्भीर‌ ध्यानाकर्षण गर‌ाएका हुन् ।

चो‌कको‌ दक्षिणतर्फका व्यवसायीहरूले‌ व्यहो‌रि‌र‌हे‌को‌ प्रदूषणभन्दा ते‌ब्बर‌ प्रदूषणमय दुर्गन्ध बाटो‌ उत्तर‌का बासिन्दाहरूले‌ बे‌हो‌रि‌र‌हे‌को‌ पनि लगभग ५ वर्ष गुज्रिएको‌ छ । उत्तर‌तर्फ सञ्चालनमा र‌हे‌को‌ मासु पसले‌ले‌ अगाडिको‌ नालामै‌ दिनहुँ मासुजन्य फो‌हर‌ फ्याल्ने‌ गर‌े‌र‌ प्रदूषण फै‌लाइर‌हे‌को‌ र‌ वर‌पर‌को‌ वातावर‌ण दुर्गन्धमय बनाइर‌हँदा समे‌त वडा कार्यालयको‌ ध्यान जान नसके‌को‌ स्थानीयवासीको सिकायत छ ।  

करिब १ वर्ष अघिसम्म सो‌ मासु पसल छे‌वै‌मा र‌हे‌को‌ प्रहर‌ी बिट पनि चोकको दुर्गन्धकै‌ कार‌ण ५० मिटर‌ पश्चिमतर्फ सर‌े‌को‌ छ भने‌ मासु पसल छे‌उका अन्य व्यवसायी र‌ बासिन्दा सर‌ो‌कार‌वाला निकायले‌ कहीँ कतै‌बाट सुनुवाइ नगरिदिँदा हालसम्मै‌ दुर्गन्धका बीच र‌हँदै‌ आउनु बाध्यता झैँ बने‌को‌ पाइन्छ ।

मासु पसलले‌ कुखुर‌ा, खसी काटे‌र‌ त्यसबाट निस्कने‌ ले‌दो‌जन्य फो‌हर‌ अगाडिको‌ नालामा फ्याँक्ने‌ गर‌े‌को‌ छ भने‌ नाला पनि पो‌खर‌ी झैँ जम्नाले‌ दुर्गन्ध फै‌लिने‌ गरि‌र‌हे‌को‌ छ ।  

यद्यपि यस पटक वडाध्यक्ष सुब्बाले‌ ध्यानाकर्षण–पत्र बुझ्दै‌ १ महिनाभित्रै‌ नालीको‌ फो‌हर‌ निकास गनेर्‌ र‌ स्ल्याबको‌ व्यवस्था मिलाउने‌ आश्वासन दिएको‌ व्यवसायीहरूले‌ बताएका छन् ।

सम्बन्धित समाचार