२०८३ बैशाख २४ गते , विहीबार
कचनकवलका ४८ जनालाई अपांगता परिचयपत्र वितरण
कचनकवल । कचनकवल गाउँपालिकाले मंगलवार ४८ जनालाई अपांगता परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाले ‘क’ वर्गको रातो ३ जना ,‘ख ’वर्गको निलो २१ जना ,‘ग’ वर्गको पहेँलो १३ र ‘घ ’वर्गको सेतो कार्ड ११ गरी जम्मा ४८ जना अपांगहरूलाई परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले बताए । उनीहरूलाई गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले परिचयपत्र प्रदान गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत बस्नेतले अहिलेसम्म रातो ११९ , निलो ४२२ , पहेँलो १३७ र सेतो ९८ गरी ७७६ जनाले अपांगता परिचयपत्र पाएको जानकारी दिए । दोस्रो कार्यकालका जनप्रतिनिधि निर्वाचित भएयता पहिलो पटक मंगलवार अपांगता परिचयपत्र वितरण गरिएको हो । अब आगामी आइतबार अरूलाई अपांगता परिचयपत्र वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए ।