२०८३ बैशाख १९ गते , शनिबार

दमकमा अवैध काठसहित तीनवटा मोटरसाइकल नियन्त्रण

sajilo news
झापा
२०७९ श्रावण ३० गते , सोमबार
दमकमा अवैध काठसहित तीनवटा मोटरसाइकल नियन्त्रण

दमक । अवैध काठसहित तीनवटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।  वनजंगलबाट काठ तस्करी गरी मोटरसाइकल हालेर लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आइतबार राती ११ बजे दमक नगरपालिका-३ स्थित बेलडाँगीमा २६ क्युफिट काठसहित मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। 

सिसौ जातको तीन थान गोलिया काठ बोक्ने प्र १-०१-०१५ प ६४१, को ३१ प ८२२२ र मे ९ प ९८४९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको उनले बताए।  प्रहरी देख्न साथ काठ तस्करहरू काठ र मोटरसाइकल छाडेर भोगेका थिए। बरामद गरिएको काठ र मोटरसाइकल  सोमबार इलाका वन कार्यालय बेलडाँगी दमक बुझाइसकेको र घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।  

सम्बन्धित समाचार