२०८३ बैशाख २४ गते , विहीबार

देशभर थप ७८१ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

sajilo news
झापा
२०७९ श्रावण २७ गते , शुक्रबार
देशभर थप ७८१ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

देशभर शुक्रबार ७ सय ८१ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ४ हजार ७१२ जनामा गरिएको परीक्षणमा ७ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो।

आज ५ सय ११ जना संक्रमणमुक्त भएका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ।  मन्त्रालयको विवरण अनुसार हाल देशभर ५ हजार ७७५ जना सक्रिय संक्रमित रहेका छन्। हाल काठमाडौंमा २ हजार ८६४ जना, ललितपुरमा ८९३ जना र भक्तपुरमा ८८ जना सक्रिय संक्रमित रहेका छन्। 

सक्रिय संक्रमितमध्ये ६३ जना आइसियू र ८ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् भने २१९ जना संक्रमित संस्थागत आइसोलेशन र ५ हजार ५६५ जना होम आइसोलेशनमा रहेका छन्।

सम्बन्धित समाचार