२०८३ बैशाख २४ गते , विहीबार

भद्रपुरकी बोनम्यारो पीडित सोनाली मुर्मुलाई आर्थिक सहयोग

sajilo news
झापा
२०७९ श्रावण २७ गते , शुक्रबार
भद्रपुरकी बोनम्यारो पीडित सोनाली मुर्मुलाई आर्थिक सहयोग

भद्रपुर । भद्रपुरकी बोनम्यारो पीडित सोनाली मुर्मुलाई आर्थिक सहयोग रकम प्रदान गरिएको छ । भद्रपुर नगरपालिका- १० सुकुम्वासी टोल निवासी मालती मुर्मुका ७ वर्षीया सोनाली मुर्मु बोनम्यारो रोगबाट पीडित छिन् ।

सामाजिक अभियन्ता भद्रपुर– ६ निवासी सञ्जय भुइँमाली र उनका श्रीमती भावना कटुवाल (सिर्जना)ले आर्थिक सङ्कलन जुटाएको रकमबाट सोनालीकी आमा मालतीलाई ३३ हजार ७५० रुपैयाँ प्रदान गरेको हो । भद्रपुर १० नम्बर वडा कार्यालयमा बिहीबार एक संक्षिप्त कार्यक्रमको आयोजना गरी नगर प्रमुख गणेश पोखरेल र वडा अध्यक्ष टेकबहादुर खड्काले सोनालीकी आमा मालतीलाई सो रकम हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा अभियन्ता भुइँमाली दम्पती, वडा सदस्यहरू तुलसी पोखरेल, दुर्गा प्रसाद दाहाल, नेकपा माओवादीका नगर अध्यक्ष शिवकुमार राज भण्डारी लगायतको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार