२०८३ बैशाख २४ गते , विहीबार
नेपालमा कोरोना संक्रमणदर बढ्दै, आज थपिए ८९५ नयाँ संक्रमित, एक जनाको मृत्यु
नेपालमा पछिल्लो समय दैनिक कोरोना संक्रमणदर बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा देशभर ८९५ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ५ हजार ९०९ जनामा गरिएको परीक्षणमा ८९५ जना संक्रमित भेटिएका हुन्।
आज एक जना सङ्क्रमितको मृत्यु भएको छ। २ सय ६४ जना सङ्क्रमणमुक्त भएका छन्। हाल देशभर ४ हजार ९३४ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये काठमाडौँमा २ हजार ८७२ जना, ललितपुरमा ५४३ जना र भक्तपुरमा ३० जना रहेका छन्।
देशभर ३६ जना संक्रमित आइसियु र ५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन्। १४२ जना संक्रमित संस्थागत आइसोलेसन र ४ हजार ७९२ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्।