२०८३ बैशाख २४ गते , विहीबार

राष्ट्रिय युवा सङ्घद्वारा भद्रपुरकी ब्रेन ट्युमर पीडित गीतालाई आर्थिक सहयोग

sajilo news
झापा
२०७९ श्रावण १६ गते , सोमबार
राष्ट्रिय युवा सङ्घद्वारा भद्रपुरकी ब्रेन ट्युमर पीडित गीतालाई आर्थिक सहयोग

भद्रपुर । नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपाल भद्रपुर नगर कमिटीले ब्रेन ट्युमर पीडित गीता तामाङलाई आर्थिक सहयोग रकम प्रदान गरेको छ ।

भद्रपुर नगरपालिका- ८ स्थित सुकुम्वासी टोल निवासी ३३ वर्षीया ब्रेन ट्युमर पीडित गीताको घरमै पुगेर युवा सङ्घले ३४ हजार ५ सय रुपैयाँ प्रदान गरेको हो । गीताको उपचारमा सहयोग पुग्ने उद्देश्यले उनका दाजु कुमारलाई प्रदेश संसद् वसन्त बानिया  र  एमाले झापा जिल्ला उपसचिव असारु राजवंशीले संयुक्त रुपमा सो रकम हस्तान्तरण गरेका हुन् ।

राष्ट्रिय युवा सङ्घ नेपाल भद्रपुरका अध्यक्ष डिल्लीराम पोखरेलको नेतृत्वमा टोली पुगेका थिए । ब्रेन ट्युमरको शल्यक्रिया पश्चात् हाल गीताको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जनाइएको छ । यता आइतबार मात्रै गीतालाई सामाजिक अभियन्ता भद्रपुर– ६ निवासी सञ्जय भुइँमाली र उनका श्रीमती भावना कटुवाल ९सिर्जना० ले ५१ हजार सहयोग गरेका थिए ।   

सम्बन्धित समाचार